अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

बिआरटीनेपाल २०७९ असोज २१ गते ७:२२ मा प्रकाशित

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुशान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटेलगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापा मगरले  बताउनुभयो। ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ,’ उहाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू