अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

बारा बस दुर्घटना : १६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ असोज २० गते ४:५६ मा प्रकाशित

बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको ज्यान  गएको छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी  दिनुभयो ।

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएको हो ।मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनको भरतपुर अस्पतालमा एक जनको ज्यान गएको एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरीक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानीसमेत परिरहेका कारण दुर्घटना भएकाे देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू