अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

भारतीय कम्पनीको रुघाखोकीको औषधि ६६ जना बालबालिकाको मृत्युसँग सम्बन्धित, डबलुएचओद्वारा चेतावनी जारी

बिआरटीनेपाल २०७९ असोज २० गते ४:४२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकाका लागि भनेर उत्पादन गरेको रुघाखोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुघाखोकीको औषधि खाएका ६६ जना बालबालिकाको ज्यान गएको र ज्यान जानुमा त्यही औषधिको कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।

डब्लूएचओले हिजो मिडिया बिफ्रिङका क्रममा गाम्बियामा दिइएको चार प्रकारका औषधिका कारण बालबालिकाको ज्यान गएको हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

औषधिबाट मिर्गौलामा गम्भीर असर र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ । यो औषधि भारतको मेडन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो ।

यो औषधि अन्य देशमा पनि निर्यात भएको हुन सक्ने भन्दै ती देशलाई पनि यो औषधि प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको छ । यो औषधि बारे डब्लुएचओ र भारतको नियामक प्राधिकरणले अनुसन्धान थालेका छन् ।

यो औषधिमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको अनुचित मात्रा पाइएको द हिन्दु पत्रिकालाई उल्लेख गर्दै बीबीसी हिन्दीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू