अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

च्याम्पियन्स लिगमा रियल म्याड्रिड, म्यानचेस्टर सिटी र चेल्सीको जित : पीएसजी र बेन्फिकाले बराबरी खेले

बिआरटीनेपाल २०७९ असोज १९ गते २१:०९ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हरायो ।

रियलका रोड्रिगो र भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए । जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ । उसको तीन खेलमा ९ अंक छ । त्यस्तै समान खेलमा सख्तरको ४ अंक रहेको छ ।

गएराती भएको अर्को खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । समूह ‘जी’ मा रहेको सिटीले तीन खेलमा ९ अंक जोडेको छ । समूह ‘एच’ को बेन्फिका र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले एक/एक गोलको बराबरी खेलेका छन् ।

त्यस्तै चेल्सीले एसी मिलानलाई ३–० गोलले हराएको छ । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले मक्काबी हाइफालाई ३–१ गोल, आरबी लाइपजिगले सेल्टिकलाई ३–१ गोलले र बोरुसिया डर्टमण्डले सेभियालाई ४–१ गोलले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू