अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

रसायनशास्त्र तर्फको नोवेल पुरस्कार घोषणा , ३ जनाले पाउने

बिआरटीनेपाल २०७९ असोज १९ गते ६:३६ मा प्रकाशित

यस वर्षको    रसायनशास्त्र तर्फको  नोवेल पुरस्कारको घोषणा भएको छ ।  यस पटक तीन जनालाई संयुक्तरूपमा यो पुरस्कार दिइने भएको हो ।

नोबेल पुरस्कार छनोट समितिका अनुसार यस पटक  क्यारोलिन   आर  बेरटोजी,  मोर्टेन   मेलडाल र के बेरी शार्पलेसलाई रसायनशास्त्र तर्फको   नोवेल  पुरस्कार दिइने   भएको हो । शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो । यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए ।

‘क्लिक केमिस्ट्री’ पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि यी तीन जनाले पुरस्कार दिइएको हो । तीन जना विजेताले एक करोड स्विडिश क्रोना अर्थात्  नौ लाख अमेरिकी डलर बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू