अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार

बिआरटीनेपाल २०७९ असोज १९ गते ६:०९ मा प्रकाशित

उत्तर कोरियाको खतरनाक क्षेप्यास्त्र प्रहारको विरुद्धमा दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वीसागरमा प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू