अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

बुधवार पनि विहानैदेखि वर्षा, पश्चिम भागमा भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७९ असोज १८ गते २०:०० मा प्रकाशित

यस वर्षको दशैंलाई वर्षाले विथोलेको छ । दशैंका प्रमुख दिनहरुमा दिनभर वर्षा भएपछि दशैंका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।

आज दशैंको मूख्य दिन विजयादशमीमा पनि विहानैदेखि देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेश प्रदेशका एक दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू