अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा सिएनएनविरुद्ध मानहानीको मुद्दा दायर

बिआरटीनेपाल २०७९ असोज १८ गते ५:५० मा प्रकाशित

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ ।

ट्रम्पले अमेरिकको फ्लोरिडा अदालतमा दायर गरेको रिटमा सिएनएन विरुद्ध ४ सय ७५ मिलियन डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ । सोही च्यानलले आफूलाई राजनैतिक रुपमा परास्त गर्न मुख्य भूमिका निर्वाह गर्नुका साथै बदनाम तथा अपमान गरेको भन्दै उहाँले उक्त रकम बराबरको क्षतिपूर्ति माग  गर्नुभएको हो ।

उहाँले दायर गरेको रिट २९ पानाको रहेको छ । जसमा सन् २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनको समयमा झुठो आरोपसहितको समाचार सम्प्रेषण गरेको उल्लेख गरिएको छ । साथै पूर्वराष्ट्रपति ट्रम्पले आफूले न्याय पाउने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले दायर गरेको मुद्दाको सम्बन्धमा सिएनएनले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू