अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

बिआरटीनेपाल २०७९ असोज १८ गते ५:१८ मा प्रकाशित

नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो ।

विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको   योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ ।

साथै कांग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निष्किय बसेका सदस्यहरुलाई पार्टीमा पूर्ववत रुपमा सक्रिय हुन आह्वान समेत गरेको छ ।

उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको  अर्को बैठस  २० असोजमा बोलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू