अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

मङ्सिर ४ गते हुने चुनावमा झण्डै २० हजार पर्यवेक्षक परिचालित हुने

बिआरटीनेपाल २०७९ असोज १७ गते ७:५४ मा प्रकाशित

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि स्वदेशी र विदेशी गरी झण्डै २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वान अनुसार आवेदन दिइ स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका तथ्याँक अनुमान गर्दा झण्डै २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । विदेशीतर्फ अहिलेसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।

उहाँले केही पर्यवेक्षक संस्थाहरुलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभइ दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो ।

आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू