अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार स्वीडेनका पाबोलाई

बिआरटीनेपाल २०७९ असोज १७ गते ७:४७ मा प्रकाशित

यस वर्ष अर्थात सन् २०२२ को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार स्वीडेनका आनुवंशिकविद् स्वान्ते पाबोले पाउनुभएको छ ।

पाबोले विलुप्त पूर्वजहरूबाट आधुनिक समयका मानिसहरू कसरी विकसित भए भन्ने विषयमा गरेको खोजको लागि नोबेल पुरस्कार जितेको छनौट समितिले जनाएको छ । समितिले  पाबोले  विलुप्त होमिनिन र मानव विकासको जीनोमहरू सम्बन्धी गरेका खोज अकल्पनीय रहेको पनि जनाएको छ ।

जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका संस्थापक र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा सहायक प्रोफेसरको रूपमा पनि काम गर्ने पाबोले हेर्दा असम्भव देखिने कुरालाई अनुसन्धानबाट पूरा गरेको खबरमा उल्लेख छ ।

भोलि मंगलवार भौतिकशास्त्रतर्फको, पर्सी बुधवार रसायनशास्त्रतर्फ र बिहीवार साहित्यका लागि नोबेल पुरस्कारको घोषणा हुनेछ । यस्तै शुक्रवार नोबेल शान्ति पुरस्कार र आउँदो २४ गते सोमवार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुने खबरमा उल्लेख छ ।

यो पुरस्कार संसारको सबैभन्दा प्रतिष्ठित स्वीडेनको कारोलिन्स्का संस्थानको नोबेल सभाले प्रदान गर्दै आएको छ । नोबेल पुरस्कारको राशी नौ लाख अमेरिकी डलरको रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू