अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

लिमान सहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनको दावी

बिआरटीनेपाल २०७९ असोज १७ गते ३:२४ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताउनुभएको छ ।

रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गर्नुभएको छ ।

जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको थियो । केही दिन अघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी युक्रेनका चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू