अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

ताप्लेजुङमा एक आईएमईबाट झण्डै ९ करोड रुपैयाँ लुटिएको दाबी : अनुसन्धान चल्दै

बिआरटीनेपाल २०७९ असोज १७ गते ३:१३ मा प्रकाशित

ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ  रुपैयाँ लुटिएको दाबी गरिएको छ ।

आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो ।

आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो । बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाले बताउनुभयो । नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रकमबारे खुलाएको छैन । जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू