अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

इन्डोनेसिया : फुटबल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ७४ पुग्यो

बिआरटीनेपाल २०७९ असोज १६ गते ३:३२ मा प्रकाशित

इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एउटै बाटोबाट मानिसहरू बाहिरिँदा अक्सिजन अभाव भएको प्रहरीको भनाइ छ ।

४० हजार मानिस अटाउने रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेका इन्डोनेसिया प्रहरीले जनाएको छ । एकै पटक झन्डै तीन हजार जना मानिसले अराजक व्यवहार देखाएपछि बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ । इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू