अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

भारतको कानपुरमा ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ असोज १६ गते १:२८ मा प्रकाशित

भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको ट्रली खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको छ ।

उक्त ट्रयाक्टरमा ५० जना सवार थिए । जसमा २६ जनाको मृत्यु  भएको छ भने बाँकी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू