अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

मेडिकल काउन्सिलको परीक्षामा ४२ प्रतिशत मात्र पास

बिआरटीनेपाल २०७९ असोज १५ गते २०:२६ मा प्रकाशित

आमाबुवाले छोराछोरीलाई डाक्टरी पढाउन लाखौं खर्च गर्ने गर्छन् । नेपालभित्रै कुरा गर्ने हो भने एमबिबिएस अध्ययनका लागि करिब ५० लाखभन्दा बढी खर्च लाग्छ । तर पढाइ पूरा भएपछि मेडिकल शिक्षा पूरा गरेका विद्यार्थी काम गर्नका लागि अनुमतिका लागि लिइने परीक्षा पास हुन सक्दैनन्। यसले मेडिकल शिक्षातर्फ गुणस्तरबारे प्रश्न उब्जिने गरेको छ ।

काउन्सिलले सञ्चालन गर्ने लाइसेन्स परीक्षाामा ३०-४० प्रतिशतको हाराहारीमा मात्र पास हुने गरेको तथ्य सार्वजनिक भएको छ । काउन्सिलले असोज ६, ७ र ८ गते सञ्चालन गरेको ६४ औं चिकित्यसक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत परीक्षार्थी मात्र सफल भएका छन् ।

अर्थात् सहभागिता जनाएकामध्ये ५७.६८ प्रतिशत मेडिकल शिक्षा पास भएकाहरू डाक्टरी पेसा गर्न अयोग्य रहे। यसले अभिभावकको लाखौं लगानीसमेत खेर गएको छ ।

यसपटकको परीक्षामा कुल २ हजार ६० परीक्षार्थी सहभागी थिए। यसमा स्वदेशी र विदेशी दुवै विश्वविद्यालयबाट मेडिलक पढाइ पूरा गरी इन्टर्नसमेत गरेका डाक्टर रहेका थिए । तीमध्ये मेडिकलतर्फ कुल १ हजार ७ सय ५ र डेण्टलतर्फ ३ सय ५५ जना रहेका थिए ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये मेडिकलतर्फ ७ सय ४० (४३.८९ प्रतिशत) र डेण्टलतर्फ कुल सहभागीमध्ये १ सय २३ ( ३४.८४ प्रतिशत) उत्तीर्ण भई समग्रमा ४२.३२ प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू