अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

रुसले आफूमा गाभेको डोनेट्स्कको लिमन बजार युक्रेनी सेनाको नियन्त्रणमा

बिआरटीनेपाल २०७९ असोज १५ गते २०:२२ मा प्रकाशित

रुसले आफूमा भागेको युक्रेनको डोनेट्स्कको लिमनमा रुसी सैनिक पराजित भएका छन् । युक्रेनी सैनिक डोनेट्स्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएका हुन् ।

लिमनमबाट आफ्ना सैनिक पछि हटेको रुसीले पनि स्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेका हुन् ।शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्कसहितका चार क्षेत्र युक्रेनबाट छुट्याएर रुसमा गाभिएको घोषणा गरेपछि युक्रेनी सेनाले जित हाँसिल गरेको लिमन पहिलो बजार बनेको छ । लिमनमा २०० सय भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी रुसले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू