अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

फुलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बढाइँ

बिआरटीनेपाल २०७९ असोज १५ गते ४:४१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतवार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । फूलपातीको अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिकरूपमा मात्र आयोजना गरिएको थियो ।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनको चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दशैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा हुनुहुन्छ ।

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर मानिसहरुको बाक्लो उपस्थिति हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू