अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

राष्ट्र बैंकले दशैंमा ५५ अर्ब रुपैयाँका नयाँ नोट साट्यो

बिआरटीनेपाल २०७९ असोज १५ गते ४:३७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले यस पालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।

यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँ भन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको राष्ट्र बैंकले जनाएको हाे । नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो ।

बैंक तथा वित्तीय संस्थाले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो । राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो ।

काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको थियो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका थिए । काठमाडौं उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रति कार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् ।

जसका कारण जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया