अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन

बिआरटीनेपाल २०७९ असोज १४ गते ६:०९ मा प्रकाशित

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको उद्घाटन गरिएको छ। काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको शुक्रबार उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो।

सो क्रममा संग्रहालयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो। संग्रहालयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उहाँका कृतिहरु राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू