अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

नेपालले ८ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाएकाे विश्व बैंकको ठहर

बिआरटीनेपाल २०७९ असोज १४ गते ५:२८ मा प्रकाशित

नेपालले हालको भन्दा ८ गुणा भन्दा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबै भन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको हो । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै नेपालसँग ९ दशमलव २ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ ।

यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने ८ गुणा बढी सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ । नेपालको वृद्धि उत्पादकत्वको आधारमा नभएका कारण तीव्र निर्यातमार्फत लाभ लिन नसकेको बताउँदै उहाँले न्यून परिणामको निर्यात, सीमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको बताउनुभएको छ ।

लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सकेका कारण देशको उत्पादन र उत्पादकत्व दुवै बढे पनि नेपालले भने लगानी र निर्यात दुवै बढाउन नसेकेको बताउनुभयो । नेपालका उद्योग व्यवसायलाई उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उहाँको सुुझाव थियो ।

साेही कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू