अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

सत्ता गठबन्धनको टिकटको भागबन्डा लगभग टुङ्गियो

बिआरटीनेपाल २०७९ असोज १३ गते १०:१९ मा प्रकाशित

सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग टुङ्गो लगाएको छ । केही क्षेत्रमा भने गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी नै छ । हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको गठबन्धन निकट एक नेताले बताए ।

अन्तिम सहमति अनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टीले १२ निर्वाचन क्षेत्र पाउने सहमति गरिएको छ ।

राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ। गठवन्धनको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू