अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

अमेरिकी उपसहायक विदेशमन्त्री एलिजाबेथ काठमाडाैंमा

बिआरटीनेपाल २०७९ असोज १२ गते ७:४० मा प्रकाशित

संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुग्नुभएकाे छ।भ्रमणको क्रममा उहाँले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूताबासले जनाएको छ ।

यसैगरी भेटघाटका क्रममा उहाँले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागीत जनाउने बताइएकाे छ ।

भ्रमणका क्रममा उहाँले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने स्राेतले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू