अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित

बिआरटीनेपाल २०७९ असोज १२ गते ७:२८ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित छन् । बुधबार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष साधारण सभाबाट अधिकारी र दीपेन्द्र चुनिएका हुन् ।यससँगै एन्फमा २१ सदस्यीय कार्य समितिले पूर्णता पाएको छ । यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

त्यसपछि विशेष साधारण सभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्येबाट टुङ्गो लगाउने निर्णय भएको थियो । सोही अनुसार बुधवारको विशेष साधारण सभाबाट अधिकारी र धिमाल विजयी भएको एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मतमात्र प्राप्त गरेका थिए । बुधबारकै विशेष साधारण सभाले २०७८ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । साधारण सभाले फुटबल सञ्चालनका लागि दीर्घकालिन योजना सहित विभिन्न कार्यक्रमसहित फुटसललाई व्यवस्थित बनाउने, विभिन्न स्थानमा एकेडेमीका कार्यक्रमलाई सञ्चालनमा ल्याउने, एन्फाको आर्थिक कार्यविधि संशोधनसहित पारित समेत गरेको छ । साथै साधारण सभामा भौतिक पूर्वाधार निमार्ण, अनुशासन समिति सहित फुटसल लाइसेन्सिङ तथा सञ्चालन कार्यविधिलाई पनि पारित गरेको छ ।

एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि सकेसम्म मिति नजुध्ने गरी तालिका बनाएको र खेलाडीलाई प्रतियोगिता अनुसार खेल्नसमेत आग्रह गरेको छ । सबैखाले प्रतियोगितामा सबै खेलाडीलाई उपस्थित नहुन भन्दै राम्रा खेलाडीलाई प्रतियोगिताको स्तर अनुसार सहभागित हुन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू