अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

बन्दीको रिट हेर्न दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने

बिआरटीनेपाल २०७९ असोज ११ गते २१:०५ मा प्रकाशित

घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो ।

अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ ।

बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू