अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

बुधवारकाे माैसम : देशभर मध्यम बदली रही केही भेगमा हल्का वर्षाकाे सम्भावना

बिआरटीनेपाल २०७९ असोज ११ गते २१:०२ मा प्रकाशित

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसाे प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधवार राती देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू