अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

सल्यानमा जीप दुर्घटना – ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ असोज ११ गते २०:५० मा प्रकाशित

सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा कम्तीमा ८ जनाको ज्यान गएको छ । ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् । दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू