अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

युक्रेनका ४ क्षेत्रको जनमत रुसमा गाभिने पक्षमा आएको रुसकाे दावी

बिआरटीनेपाल २०७९ असोज ११ गते २०:४३ मा प्रकाशित

पूर्वीयुक्रेनस्थित ४ वटा क्षेत्रमा गरिएको जनमत संग्रहमा स्वतन्त्रता पक्षधरको जित भएको रुसी अधिकारीहरुले दावी गरेका छन् ।दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा मंगलबार हतार हतारमा गरिएको जनमत संग्रह युक्रेनबाट अलग हुने र रुसमा गाभिने पक्षमा आएको दावी गरिएको हो । ती ४ क्षेत्र युक्रेनबाट अलग हुने हो भने युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू-भाग गुमाउने छ । जापोरिजियामा ९३ प्रतिशत मत रुसमा गाभिने पक्षमा खसेको दावी गरिएको छ ।

साथै लुहान्स्कमा यस्तो मत ९३ प्रतिशत रहेको दावी गरिएको छ । त्यस्तै खर्सोनमा ८७ प्रतिशत र दोनेत्स्कमा ९२ प्रतिशत युक्रेनबाट अलग्गिने पक्षमा मतदान भएको बताइएको छ । रुसी कब्जामा रहेका ती क्षेत्रका घर-घरमा रुसी अधिकारी र पृथकतावादीहरुले मत पेटिका पुर्याएका थिए । ती क्षेत्रबाट विस्थापित भई रुसमा बस्दै आएकाहरुबीच गरिएको जनमत संग्रहमा ९६ प्रतिशतले युक्रेनबाट अलग हुने पक्षमा मतदान गरेको दावी पनि रुसी अधिकारीहरुले गरेका छन् ।

युक्रेनले भने जनमत संग्रहलाई नक्कली भन्दै त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघीय महासभालाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले ती क्षेत्रमा रुसले के गरेको छ । दुनियाँका अगाडि छर्लङ्ग रहेको बताउनुभयो । उता, पश्चिमा देशहरुले पनि रुसी नियन्त्रणमा रहेका क्षेत्रको जनमत संग्रहलाई खारेज गर्दै ती क्षेत्रलाई रुसमा गाभ्ने प्रपञ्च मात्रै भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू