अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

संविधान बचाउन गठबन्धन बनेको हो : मन्त्री बडू

बिआरटीनेपाल २०७९ असोज ११ गते ७:१३ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडूले यस्तो बताउनुभएको हो ।

उहाँले तत्कालिन सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताउनुभयो । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उहाँले बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताउनु भयो । उहाँले कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएको बताउनुभयो । नेपाली कांग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू