अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

शेखर पक्षका अनुशासनविपरीतका गतिविधि पार्टीले नियाल्दै छ -कांग्रेस प्रवक्ता डा. महत

बिआरटीनेपाल २०७९ असोज ११ गते ७:११ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेता डा। शेखर कोइराला पक्षले सञ्चालन गरेका पार्टी अनुशासनविपरीतका गतिविधि गम्भीरतापूर्वक नियालिएको बताउनुभएको छ । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको कांग्रेस समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विषयलाई लिएर शेखर पक्षले आपत्ति जनाएको छ । यही असोज १४ गतेसम्मको ‘अल्टिमेटम’ दिएर विरोधका कार्यक्रमको चेतावनी दिइएको छ । प्रवक्ता महतले यही बेला शेखर पक्षलाई प्रति चेतावनी दिनुभएको हो ।

“एकपक्षीय रूपमा बन्दसूचीमा नाम सिफारिस गरियो भनियो, यसमा कुनै सत्यता छैन । निर्णय आमसहमति, पदाधिकारी पूर्वपदाधिकारीलगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर सर्वसम्मत पेस भएको छ,” मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भन्नुभयो, “त्रुटि छ, तर पक्षपात भएको छैन । छलफल भएन भन्ने कुनै सत्यता छैन । अहिले यो कुराले १० प्रतिशत र यस्तो गर्छौँ, उस्तो गर्छौँ भन्ने कुरा वाञ्छनीय होइन ।”

महतले सत्ता गठबन्धनका कारण कतिपय नेताहरूलाई समेट्नैपर्ने बाध्यता रहेको जिकिर गर्नुभयो । सबैलाई थाहा भएको विषयमा गुटबन्दी गर्नु उचित नहुने उहाँको भनाइ छ ।“प्राविधिक कुरा हो । गठबन्धनका कारण कतिपय नेता समेट्नुपर्नेछ, यो सबैलाई थाहा छ । निर्णय के–के न भयो भनेर केही साथीहरू प्रस्तुत भएको उपयुक्त हैन । सबै साथीहरू दुविधामा नपर्नु होला, विरोधमा भएका नेताहरूलाई अनुरोध गर्दछु,” महतले विरोधमा उत्रिने नेताहरूलाई चेतावनी दिँदै भन्नुभयो, “निर्णयमा भाग लिने नेताहरू बोलेका छैनन् । जे भइरहेको छ, अनावश्यक हो । साथीहरू, पार्टीको हितमा यो कदम छैन ।” उनीहरूको विरोध जारी रहे के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता महतले पार्टीले यसलाई गम्भीरतापूर्वक नियालेको जवाफ दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू