अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

इटलीमा अति दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने निश्चित

बिआरटीनेपाल २०७९ असोज १० गते ६:४७ मा प्रकाशित

 इटलीमा आइतबार भएको संसदीय निर्वाचनमा अति दक्षिणपन्थी पार्टी सबै भन्दा ठूलो पार्टी बन्ने देखिएको छ । मतगणनाले अति दक्षिणपन्थी पार्टी फ्राटेली डी इटालिया अर्थात ब्रदर्स अफ इटलीले कम्तिमा २६ प्रतिशत संसदीय सिटहरू कब्जा गर्ने पक्का देखिएको हाे । त्यस्तै अरू दुई वटा दक्षिणपन्थी पार्टीले पनि १७ प्रतिशत बढी सिट जित्ने भएका छन् ।

निर्वाचन परिणामसँगै इटलीमा दोस्रो विश्व युद्धपछि पहिलो पटक अति दक्षिणपन्थीहरूको सरकार बन्ने निश्चित भएको छ । ब्रदर्स अफ इटली पार्टीकी नेतृ जोर्जिया मेलोनी इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् ।मध्यमार्गी पार्टी द डेभोक्रेट्स्ले १८ प्रतिशत सिट जित्ने भएको छ । अन्य बामपन्थी झुकावका पार्टीहरूले १६ प्रतिशत सिट जित्ने मतगणनाले देखाएको छ । गत जुलाईमा प्रधानमन्त्री मारियो ड्रागीको सरकार पतन भएपछि आम निर्वाचनकाे घोषणा गरिएको थियो ।

रुस–युक्रेन युद्धले चर्काएको उर्जा संकट, कर कटौती तथा युरोपियन युनियनमा इटलीकोहितमा नभएको लगायतका विषयले निर्वाचन अभियान प्रभावित भएको थियो । ५ करोड मतदाताले तल्लो सदनका ४ सय तथा माथिल्लो सदनका २ सय प्रतिनिधि चयन गरेका छन् । माथिल्लो सदन सिनेटमा पनि दक्षिणपन्थीहरूकै बहुमत आउने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू