अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

”म प्रधानमन्त्रीको दौडमा छैन” – माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७९ असोज १० गते ६:३८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।  घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको प्रष्ट पार्नुभयो ।‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ प्रचण्डले भन्नुभयो, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’

उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताउनुभयो। चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको प्रचण्डको भनाइ थियो। ‘जनताले अन्यथा फैसला दिन्छ भने पनि मान्य छ,’ उहाँले भन्नुभयो ।

प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै देशलाई आर्थिक क्रान्तिको दिशामा लैजानुपर्ने प्रचण्डको भनाई थियो । तर विभिन्न तत्वहरुले पार्टी र नेताहरुको बदनाम गर्दै परिवर्तन उल्टाउने षड्यन्त्र गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर पार्टी र नेताको बदनाम गरिँदैछ, प्रचण्डले भन्नुभयो, यसतर्फ सञ्चार क्षेत्र सचेत रहनुपर्यो। सामाजिक सञ्जालको दुरुपयोग हुन दिनुभएन। अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वले सामाजिक सञ्जालबाट डर, भ्रम छरेर जनतालाई दिग्भ्रमीत पार्ने कसरत गरिरहेको बताउनुभयो। संविधान र लोकतन्त्रलाई धरापमा पर्न नदिनेगरी जनताले मंसिर ४ गते फैसला गर्ने उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू