अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 06:47

एमाले नेता यादवद्वारा पार्टी परित्याग

बिआरटीनेपाल २०७९ असोज १० गते ६:२२ मा प्रकाशित

नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गरी नेता यादवले आफ्नो वर्षौको पार्टीप्रतिको लगानीलाई अवमूल्यन गरी उमाशंकरलाई टिकट दिन लागेकोमा दु:खी नभए पनि चुनाव लड्न पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नो राजनीतिक शुरुवात एमाले पार्टीबाटै शुरुआत गरेका नेता यादव हालसम्म एमालेमै आवद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू