अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

नेपाल एयरलाइन्सले सुरु गर्‍याे अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट काट्ने सेवा

बिआरटीनेपाल २०७९ असोज १० गते ६:०६ मा प्रकाशित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएकाे छ । जसकाे लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयाे ।उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हाे ।

उहाँले भन्नुभयाे,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’ नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू