अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

आज, भोलि र पर्सि ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

बिआरटीनेपाल २०७९ असोज ९ गते २१:१८ मा प्रकाशित

गएराति प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको छ ।

सुनसरीको चतरा र आसपास भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अब आजदेखि तीन दिनसम्म भने खासै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

तर, देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । आज, भोलि र पर्सिको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू