अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य महलमा

बिआरटीनेपाल २०७९ असोज ९ गते २१:११ मा प्रकाशित

रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुग्नुभएको छ । उहाँले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन सुरू भएको हाे । साेही प्रदर्शन अहिले पनि जारी रहेकाे छ । रुसका ३२ वटा विभिन्न शहरबाट प्रदर्शनमा उत्रेका १ हजार भन्दा बढी मानिसलाई हिरासतमा लिएपछि प्रदर्शन झनै चर्किदै गएको हो ।

रुसले युक्रेनी भू-भागलाई रुसी कानून अनुसार आफ्नो देशमा गाभ्ने प्रयत्न पनि जारी राखेको छ । युक्रेनका ४ क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरोजियामा अहिले रुसमा गाभिने पक्षमा जनमत संग्रह भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू