अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 06:14

राष्ट्रिय सभाका अध्यक्षलाई निर्वाचन आयोगले पठायाे जवाफ

बिआरटीनेपाल २०७९ असोज ९ गते ७:२३ मा प्रकाशित

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ । आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयले गत बिहीबार प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । यसमा आयोगले निर्वाचित संसदको कार्यकाल आफुले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।

निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिने आयोगको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू