अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 07:33

निर्वाचन आयाेगमा पुगेर प्रधानमन्त्रीसहित नेताहरूकाे प्रतिबद्धता : ”चुनावी आचारसंहिता पालना गर्छाैँ”

बिआरटीनेपाल २०७९ असोज ९ गते ६:५६ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।आज आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसंहिता पालना गर्ने विषयमा हस्ताक्षरसमेत गरेका छन् ।

आचारसंहितामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण,  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा पुगेका थिए । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको  छ । लागू गर्नुअघि नै आयोगले दलहरूबाट प्रतिबद्धता लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू