अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ असोज ९ गते ६:४३ मा प्रकाशित

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य आइतबार ३० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू