अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित इङ्ग्ल्यान्ड रेलिगेसनमा

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:४६ मा प्रकाशित

यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ । समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

इटलीसँग हारेपछि इङ्ग्ल्यान्ड लिग ‘ए’ बाट लिग ‘बी’ मा घटुवा भएको छ । यो समूहको अर्को खेलमा हङ्गेरी जर्मनीलाई १–० ले हराउँदै शीर्ष स्थानमा छ । हङ्गेरी १० अङ्ककासाथ शीर्षस्थानमा, इटली ८ अङ्ककासाथ दोस्रो, जर्मनी ६ अङ्ककासाथ तेस्रो तथा इङ्ग्ल्यान्ड २ अङ्ककासाथ पुछारमा छ।

प्रतिक्रिया