अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:३५ मा प्रकाशित

शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको छ । डेंगु संक्रमण भएपछि जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना हुनुभएको हो ।

संक्रमणसँगै उहाँलाई कमजोरी, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ । मुटुको समस्या पनि देखिएकोले उहाँलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जोशीको अवस्था चिन्ताजनक देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू