अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 05:47

सोझा दर्शकलाई पैसाले किनेर फिल्मबारे नकारात्मक प्रतिक्रिया दिन लगाएको प्रदीपको दावी

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:१७ मा प्रकाशित

फिल्म ‘प्रेमगीत ३’ हेर्न आएका दर्शकलाई पैसाले किनेर फिल्मकाे विषयमा पत्रकार समक्ष नकारात्मक प्रतिक्रिया दिन लगाएको अभिनेता प्रदीप खड्काले दावी गरेका छन् । रिलिज अगाडि विवादमा तानिएको याे फिल्म अहिले रिलिजकै क्रममा रहँदा पनि उतिकै विवादमा रहेकाे छ । हिन्दी स्वरांकन नेपालमा चलाउन नेपाली फिल्म सरह सेवा सुविधाको माग गरेपछि विवाद दिनप्रतिदिन बढ्दै गएको हो ।

तीव्र विवादमा फसेको उक्त फिल्मको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई भागमा विभाजित भएका थिए । यति मात्रै नभएर नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी स्वरांकनलाई नेपाली फिल्म सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए ।

यस फिल्मकाे विवाद भाषाका कारण उत्कर्षमा पुगेको हाे । तर अहिले फिल्मकाे विवाद भाषमा मात्र सिमित रहेकाे छैन् । फिल्म हेर्न आएका दर्शकलाई समेत पैसामा किनेको भन्नेसम्ममा पुगेको छ ।फिल्म हेर्न आएका सोझा दर्शकलाई पैसाले किनेर पत्रकार समक्ष जबरजस्ती नकारात्मक प्रतिक्रिया दिन लगाएको अभिनेता खड्काले दावी गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसफुक मार्फत सोही कुरा उल्लेख गरेका हुन् ।

खड्काले फेसबुकमा यस्ताे लेखेका छन्,- ‘ फिल्म हेर्न आएका सोझा दर्शकलाई समेत पैसाले किनेर पत्रकार समक्ष जबरजस्ती नकारात्मक प्रतिक्रिया दिन घचेटेरै पठाए । ती भिडियोहरू अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ ।’ खड्का यसै विषयमा अगाडि लेख्छन्,- ‘ एक भिडियोमा यति समेत देखियो कि एउटा दर्शकले ‘प्रेमगीत ३’ हेरियो, हातमा पैसा हल्लाएर पैसा नि पाइयो समेत भनेका छन् । भाइरल पनि यसरी भइरहेको छ कि ती भिडियोहरू हेर्दा पनि आफैंमा लाजमर्दो देखिन्छ ।’ एक-आपसको दुश्मनीलाई लिएर यतिसम्मको निच काम गर्नु लाजमर्दो रहेको अभिनेता खड्काले तर्क गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू