अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

सरकार र केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन

बिआरटीनेपाल २०७९ असोज ६ गते ७:१३ मा प्रकाशित

अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन । डा. केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उहाँले बताउनुभयो । डा।केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीको भनाई छ । भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी अनसनमा बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू