अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

युरोकप फुटबलको छनौट चरणमा रुसलाई सहभागी नगराइने

बिआरटीनेपाल २०७९ असोज ५ गते ७:१३ मा प्रकाशित

युरोपेली फुटबल महासंघ युएफाले सन् २०२४ मा हुने युरोकप फुटबलको छनौटमा रुसलाई सहभागी नगराउने भएको छ ।युरोकप फुटबलको छनौट खेलहरु आगामी महिना सुरु हुँदैछ । युक्रेनमाथिको सैन्य हमलासँगै फिफा र युएफाले गत फेब्रुअरीमा रुसमाथि सबै खाले फुटबल गतिबिधीबाट प्रतिबन्ध लगाएका थिए । साथै रुसी क्लबहरु समेत युरोपियन प्रतियोगिता खेल्न अयोग्य भएका थिए ।

युरोकप छनौटको खेल तालिका यही अक्टोबर ९ तारिखमा सार्वजनिक हुँदैछ । ५३ टोली सहभागी रहने छनोट चरणमा रुसलाई समावेश गरिएको छैन । सन् २०२४ को युरोपियन च्याम्पियनसिप जर्मनीले आयोजना गर्दैछ । आयोजक जर्मनी स्वतः प्रतियोगितामा छनोट भइसकेको छ ।

युएफामा आवद्ध बाँकी देशहरुलाई १० समूहमा वर्गिकरण गरिनेछ । प्रत्येक समूहको विजेता र उपविजेता युरोकपका लागि छनोट हुनेछन् । प्लेअफमार्फत थप तीन टोलीको टुंगो लाग्नेछ । युरोकप फुटबलको फाइनल चरणमा कुल २४ टोली सहभागि हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू