अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

पूर्वी युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहकाे घोषणा

बिआरटीनेपाल २०७९ असोज ५ गते ७:०५ मा प्रकाशित

रुसी नियन्त्रणमा रहेका पूर्वीयुक्रेनका ४ वटा क्षेत्रले रुसमा गाभिने सम्बन्धमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् ।याे घोषणाले ४ क्षेत्रहरूलाई रुसमा गाभ्ने बाटो खोल्ने उल्लेख गरिएको हाे । रुसी नियन्त्रणमा रहेका दोनेत्स्क र लुहान्स्क क्षेत्रका अधिकारीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म मतदान आयोजना गर्ने बताएका छन् ।

ती क्षेत्रहरुलाई रुसी फौजले युक्रेनमा आक्रमण गर्नु ३ दिन पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र घोषणा गर्नुभएको थियो । त्यस्तै, रुसी नियन्त्रणमा रहेका खेर्सोन र जापोरिजियामा रुसले तोकेका अधिकारीहरूले पनि जनमत संग्रह घोषणा गरेका छन् । उता, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘नक्कली जनमतसंग्रह’ ले केही पनि परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू