अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

एएफसी यू-२० एशियन कप छनौटमा नेपाल पराजित

बिआरटीनेपाल २०७९ असोज ३ गते ६:०४ मा प्रकाशित

बहराइनमा जारी एएफसी यू-२० एशियन कप छनोट फुटबलमा नेपाल पराजित भएकाे छ ।आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितबिहीन भएकाे हाे । खेलमा बंगलादेशका लागि मोहोमद जोनी, मोहोमद पियास नोभा र साजेद हसन निजुमले १-१ गोल गरेका थिए । खेलमा नेपालका दुई खेलाडी तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड खाएका थिए ।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् । ३५ औं मिनेटमा कप्तान आयुस घलानले पनि रातो कार्ड पाएपछि नेपाल ९ खेलाडीमा समेटिएकाे थियाे ।

बंगलादेशका अजिजुल हक एनान्टोलाई अश्लिल संकेत गरेपछि घलानलाई सिधै रातो कार्ड देखाइएको हो । सोही घटनामा अजिजुलले पनि दोहोरो पहेलो कार्ड बेहोरेपछि उनले पनि मैदान छाड्न बाध्य भएका छन् । यो हारसँगै समूह ‘बी’ मा रहेको नेपाल अंक बिहीन बनेको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू