अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

‘बिआरआई’बाट ठूलो अपेक्षा नराख्नुस् : पूर्वअर्थमन्त्री पाण्डे

बिआरटीनेपाल २०७९ भदौ ३१ गते ७:३९ मा प्रकाशित

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको हो ।

उहाँले बिआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताउनुभयो । उहाँले चीनसँगको बिआरआई सहयोगको जति व्यापक चर्चा भएपनि बिआरआई आउँछ भन्ने आशा नभएको बताउनुभयो । पूर्व अर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको बताउनुभयो । पाण्डेले नोपलमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताउनुभयो ।उहाँले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरुको स्वास्र्थलाई बुझेर मात्रै वैदेशीक लगानी सम्बन्धि नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले विश्वका मुलुकहरु अन्य स्वास्र्थमा हिँडेपनि नेपालले आफ्नो स्वार्थको लागि सबैसँग वैदेशीक सहयोग लिन सक्नुपर्ने बताउनुभयो ।

पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताउनुभयो ।

प्रतिक्रिया