अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

साउनमा विदेशी मुद्रा सञ्चिति १ दशमलव ५ प्रतिशतले घट्याे

बिआरटीनेपाल २०७९ भदौ ३० गते ७:४७ मा प्रकाशित

आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति एक दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा यो महिना साउनमा एक दशमलव पाँच प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो ।

पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक सङ्केतसँगै सरकारले आयातमा केही लचकता अपनाएको थियो । तर यसको प्रभाव पुनः विदेशी मुद्राको सञ्चितिमा परेको देखिन्छ । मुख्य चाडपर्व दशैँ/तिहारका लागि विदेशी वस्तुको आयात बढेकाले पनि मुद्रा सञ्चिति घट्न पुगेको हो ।

यसैबीच साउन महिनामा ९२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएकाे छ । चालु आर्थिक वर्षको पहिलो महिनामा २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू