अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेटवार्ता

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:४८ मा प्रकाशित

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाई भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा बुधवार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको २ पक्षीय सम्बन्धबारे छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू