अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

नाष्टले अनुसन्धानमा चासो दिएन : शिक्षामन्त्री पौडेल

बिआरटीनेपाल २०७९ भदौ २८ गते ६:५५ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गर्नुभएको छ ।मंगलबार गैर आवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धानका बारेमा कसैलाई चासो नरहेको बताउनुभयो । नाष्टमा रहेका व्यक्ति अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प सबै नेपालीले गर्नुपर्ने बताउनुभयो । देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै उहाँले विगतमा बनेका संरचनालाई पुनः स्थापनामा ध्यान दिनुपर्ने तर्क गर्नुभयो । मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रैपनि नेपालको विकास हुने बताउनुभयो ।

यसैबीच, महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू